Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल एसबिआई बैंक एनपीएस–नेशनल कार्ड स्वीच तथा नेपालपेमा आबद्ध

नेपाल एसबिआई बैंक एनपीएस–नेशनल कार्ड स्वीच तथा नेपालपेमा आबद्ध
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सो कार्यक्रममा एसबिआई बैंकको प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्राविधिक अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याललगायतका अधिकारीहरूको उपस्थिति थियो ।
एनसीएभएलसँगको सम्झौताले बैंकले डोमेस्टिक कार्ड योजना “नेपालपे कार्ड” जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्वीच एकिकृत गर्न सक्नेछ ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit