Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एनसेलका डेटा प्याक प्रयोगकर्ताका लागि मेटलाइफको बीमा सुविधा

एनसेलका डेटा प्याक प्रयोगकर्ताका लागि मेटलाइफको बीमा सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । एनसेलले मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक नवीन योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले मोबाइल डेटा खरिदसँगै जीवन बीमा र घातक रोगको बीमा सुविधा पनि पाउने छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपालमै पहिलोपटक सुरु गरिएको यस सेवाले बीमालाई सहज र डिजिटल माध्यमबाट आम उपभोक्तासम्म पुर्‍याउने लक्ष्य राखेको एनसेलले जनाएको छ।

यो योजनाअन्तर्गत ग्राहकले दुई प्याकेजमध्ये कुनै एक रोज्न सक्छन्। पहिलो प्याकेज ९९ (कर सहित) मा उपलब्ध छ, जसमा ३ दिनको अवधिका लागि १०० एमबी डेटा, साथै २ लाखसम्मको म्यादी जीवन बीमा र रु. २ लाखसम्मको घातक रोग बीमा सुविधा प्राप्त हुन्छ। बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहनेछ।

दोस्रो प्याकेज रु. ३९ (कर सहित) को छ, जसमा ३ दिनको लागि १०० एमबी डेटा, साथै रु. ५० हजारसम्मको जीवन बीमा र घातक रोग बीमा पाइन्छ। यो बीमा पनि खरिद मितिबाट ३० दिनसम्म मान्य रहन्छ।

ग्राहकहरूले एनसेल एपमार्फत वा ८१२३८४८६३ नम्बर डायल गरेर यी प्याकमध्ये कुनै एक सजिलै लिन सक्छन्। फारम भरेपछि टर्म लाइफ इन्स्योरेन्स तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) बीमा ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुने एनसेलले जनाएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “मेटलाइफ नेपालसँगको सहकार्यमार्फत हामी देशभरका ग्राहकहरूलाई बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा अत्यन्त खुशी छौं। यसले बीमा पहुँच विस्तारमा योगदान पुर्‍याउनेछ र ग्राहकहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।”

त्यसैगरी, मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “हामी विश्वास गर्छौं, सुरक्षा सबैको अधिकार हो, सुविधा होइन। यो साझेदारीमार्फत ग्राहकले सानो डेटा खरिदबाटै दीर्घकालीन मानसिक शान्ति प्राप्त गर्न सक्छन्।”

एनसेलले यो योजना विशेषगरी बीमा पहुँच नपुगेका दुरदराजका समुदायलाई लक्षित गरी ल्याएको बताएको छ। सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र उपयोगी बीमा सुविधासहितको यो सेवा नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा नयाँ अध्याय बन्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit