images
images
images

आज गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

images
images

काठामाडौँ । आज देशका अधिकांश भूभागमा मौसम बदली हुने छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु रकुहिरोले ढाकेको छ । यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

images
images

महाशाखाका अनुसार अन्य प्रदेशमा पनि सामान्य बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना छैन । बुधबार पनि मौसम बदली भई उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्