
काठमाडौँ । शशीला मोटर्सले स्वतन्त्र मल्टिप्रपोज व्यवासायीलाई ३० वटा किटोन ब्राण्डका १४ सिटे विद्युतीय भ्यान (ईभी )गाडी हस्तान्तरण गरेको छ ।
ती गाडीहरु ठोरी, हेटौंडा हुँदै काठमाडौँ सम्म चल्नेछन् । सोमबार गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सेवालाई सहज बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको बताए । उनले भने, “अगामी दिनमा ग्राहकलाई उच्चतम सेवा र गुणस्तरीय गाडी प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहिरहनेछ।” खतिवडाले सवारी हस्तान्तरणले नेपालको यातायात क्षेत्रलाई अझ दिगो र वातावरणमैत्री बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्बिकल्प रहेको बताए । उनले भने, “र्इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातको प्रवृत्तिलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण कदम हो।’’
कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय देशभर विद्युतीय यातायातप्रति आकर्षण बढ्दै गएको बताउँदै यसले वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने दाबी गरे । उनीहरुले परम्परागत इन्धनको तुलनामा विद्युतीय गाडीहरू सञ्चालन खर्चमा किफायती रहेको र जसले दीर्घकालीन रूपमा व्यवसायलाई फाइदा पुर्याउने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्