Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

संवैधानिक परिषद् बैठक आज, विभिन्न निकायका रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

संवैधानिक परिषद् बैठक आज, विभिन्न निकायका रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक बस्दैछ ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ५ः०० बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिससम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए।

हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य एक र मुस्लिम आयोगका अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ ।

थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र महिला आयोगमा एक सदस्य पद खाली छ । ती पदहरुमा संवैधानिक परिषद्ले नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने संवैधानिक प्रावधान छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit