Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

पेट्रोल प्रतिलिटर २० र डिजेल ३० रुपैयाँ सस्तो, ग्यास सिलिन्डरमा पनि १०० रुपैयाँ घट्यो

पेट्रोल प्रतिलिटर २० र डिजेल ३० रुपैयाँ सस्तो, ग्यास सिलिन्डरमा पनि १०० रुपैयाँ घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणालीअनुसार नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

निगमका अनुसार नयाँ मूल्य बुधबार १२ः०१ बजेदेखि लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १०० रुपैयाँ घटाइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रति किलोलिटर २६५ अमेरिकी डलर घटाइएको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक–इभेन प्वाइन्ट’मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएपछि उपभोक्तालाई राहत दिने उद्देश्यले खुद्रा बिक्री मूल्य समायोजन गरिएको हो।

नयाँ मूल्यअनुसार निगमको डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्मको क्षेत्रमा पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १९४ रुपैयाँ ५० पैसा, १९६ रुपैयाँ र १९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। यसअघि यी मूल्य क्रमशः २१४ रुपैयाँ ५० पैसा, २१६ रुपैयाँ र २१७ रुपैयाँ थिए।

त्यसैगरी डिजेल तथा मट्टितेलको नयाँ मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ। यसअघि यी मूल्य क्रमशः २२२ रुपैयाँ ५० पैसा, २२४ रुपैयाँ र २२५ रुपैयाँ प्रतिलिटर कायम थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit