Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सूर्यज्योति लाइफको नाफा बढ्यो, जीवन बीमा कोषको आकार पौने ३८ अर्ब

सूर्यज्योति लाइफको नाफा बढ्यो, जीवन बीमा कोषको आकार पौने ३८ अर्ब
विज्ञापन
Advertisement

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य मात्र बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

गत आवमा कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको मुनाफा ३.३७ प्रतिशत बढेको देखिन्छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ३८ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९८ लाख रुपैयाँ सञ्चित रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ३७ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ८८ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोषको आकार बढेको छ भने रिटेन्ड अर्निङ र अन्य इक्विटी घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३० अर्ब ४२ करोड ३५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २४.०३ प्रतिशतले बढेको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। दुई आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन यो वर्ष १८.२४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १९.८३ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद दाबी भुक्तानी ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ। यस्तै कम्पनीको शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.८३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.४४ रुपैयाँ रहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit