Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

समृद्धि फाइनान्सको नयाँ सीईओमा घिमिरे, संस्थाबाट बाहिरिए लोहनी

समृद्धि फाइनान्सको नयाँ सीईओमा घिमिरे, संस्थाबाट बाहिरिए लोहनी
विज्ञापन
Advertisement

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । निवर्तमान सिईओ टीकानिधि लोहनी संस्थाबाट बाहिरिएसँगै फाइनान्सले घिमिरेलाई नियुक्त गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

फाइनान्सको सञ्चालक समितिको बैठकले बिहीबार (फागुन २९ गते) देखि लागू हुनेगरी लोहनीको राजीनामा स्वीकृत गरेको जनाएको छ ।

लोहनीले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । उनले भनेका छन्, समृद्धि फाइनान्सको सीईओ पदबाट अवकाश लिएको छु। चार वर्षसम्म अध्यक्ष र चार वर्षसम्म सीईओको रूपमा काम गर्दा मलाई सहयोग गर्नुहुने शेयरधनि, सञ्चालन समिति, नेपाल राष्ट्र बैंक लगायत नियामक निकाय, सञ्चार जगत, कर्मचारी साथीहरू, ग्राहकवर्ग र सबै शुभचिन्तकहरूलाई धन्यवाद ।’

फाइनान्सको बुधबार बसेको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी घिमिरेलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।

यस्तै, फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेलले चैत महिनाभरि कामु सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit