Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इभी बिमा नीति निर्माणका लागि नाडा र प्राधिकरणबीच सहकार्य

इभी बिमा नीति निर्माणका लागि नाडा र प्राधिकरणबीच सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठ नेतृत्वको टोली र बिमा समितिका अध्यक्ष शरद ओझाबीच विद्युतिय सवारी साधन (इभी) को बिमा नीतिसम्बन्धी महत्वपूर्ण छलफल भएको छ।

विज्ञापन
Advertisement
Advertisement

उपाध्यक्ष श्रेष्ठले हालसम्म इभी बिमा नीति स्पष्ट रूपमा नबनाइएकाले यस्तो नीति निर्माण अत्यावश्यक भएको धारणा राखे। उनले इभीको बढ्दो प्रयोगसँगै त्यसबाट उत्पन्न हुन सक्ने जोखिमहरूलाई व्यवस्थित गर्न स्पष्ट, पारदर्शी र व्यवहारिक बिमा नीतिको खाँचो औंल्याए।

छलफलमा बिमा समितिले निर्माणाधीन नीतिमा इभीका स्पेयर पार्ट्स, प्रणाली, सामग्री र मूल्यसम्बन्धी विवरण समावेश गरिने, क्लेम प्रक्रिया सुधार्ने र बिमालाई सुलभ तथा पारदर्शी बनाउने लक्ष्य राखिएको जानकारी दिएको छ।

प्राधिकरणले नाडालाई उक्त नीति निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने तयारी गरेको छ। साथै, दक्षिण एसियाली राष्ट्रहरूको इभी बिमा नीतिको अध्ययन गरी अन्तर्राष्ट्रिय अभ्यासलाई सन्दर्भ बनाएर प्रभावकारी नीति बनाउने सहमति पनि भएको छ। यसका लागि नाडाले आवश्यक अध्ययन र जानकारी उपलब्ध गराउने जिम्मा लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit