Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाफामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कूल आम्दानी बढेर २ अर्ब ९७ करोड पुग्यो

नाफामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कूल आम्दानी बढेर २ अर्ब ९७ करोड पुग्यो
विज्ञापन
Advertisement

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको समीक्षामा बढेको देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले १८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.४९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमाशूल्क आर्जन १२ खर्ब रुपैयाँबाट उकालो लागेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। कुल आम्दानी पनि बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। कम्पनीको जीवन बीमाकोषमा ११ अर्ब ८९ करोड रुपैयाँ छ । गत आवमा जीवन बीमाकोषमा जम्मा ८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख, महाविपत्ति कोषमा ९ करोड ९७ लाख र शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ। ४ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा कायम छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit