Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

च्यासल खेल मैदानलाई पुरानो स्वरुपमा फर्काउन दुई करोड लाग्ने

च्यासल खेल मैदानलाई पुरानो स्वरुपमा फर्काउन दुई करोड लाग्ने
विज्ञापन
Advertisement

काठमाडौँ । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा रहेको च्यासल खेल मैदान मर्मतसम्भारका निम्ति दुई करोड रूपैयाँ लागत लाग्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाले बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल दुई करोड रूपैयाँ आवश्यक हुने बताएका छन्। मनोहरा खोला किनारमा रहेको च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत गरेको थियो ।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड रूपैयाँ बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए। उनले भने, ‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ।’

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन्। मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनी दुःखी छन्। खेलकुद परिषद्सँग १० लाख रूपैयाँ माग गरेपनि हालसम्म निर्णय नभएको उनको भनाइ छ।

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिन्छन्। दशरथ रंगशालाको विकल्पका रुपमा परिषद्ले २८ करोड रूपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit