
काठमाडाैँ। अहिले दुई तिहाईको बलियो सरकार छ । तर, सरकारले बजेटको आकार अनुसार खर्च गर्न भने सकेको छैन । अर्थमन्त्रालय विहिबार सार्वजनिक गरेको बजेट अर्धवार्षिक समिक्षाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्ष २०८१\ ०८२को पुस मसान्तसम्ममा सरकारले कूल बजेटको ३५.८९ प्रतिशत मात्र रकम खर्च गर्न सकेको हो । तर, पनि सरकारले विगत वर्षहरुको तुलनामा १७.७७ प्रतिशतले बढेको दाबी गरेको छ ।चालू आर्थिक वर्षमा सरकारले कूल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बजेट ल्याएको थियो । जसमा ६ खर्ब ६० अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको स्रोततर्फ ६ खर्ब १८ अर्ब खर्च भएको छ। जुन गत आर्थिक वर्षको खर्चको तुलनामा १५.८६प्रतिशतले बढी हो। त्यस्तै, वैदेशिक अनुदानतर्फ ७ अर्ब ७१ करोड खर्च भई गत आर्थिक वर्षको तुलनामा ४३.७९ प्रतिशतले बढी खर्च भएको छ।
प्रतिक्रिया दिनुहोस्