
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २५ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा प्रयोजनका लागि यही फागुन १५ गते बुक क्लोज गर्ने जनाएको छ। फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
फागुन गते २५ गते हुने वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पािरत हुने कम्पनीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सोही सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्