Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जीवन बीमा पोलिसी सरेन्डरको बढ्दो लहरः सात महिनामा ६२ हजारभन्दा बढी बीमितले पोलिसी तोडे

जीवन बीमा पोलिसी सरेन्डरको बढ्दो लहरः सात महिनामा ६२ हजारभन्दा बढी बीमितले पोलिसी तोडे
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा जीवन बीमा पोलिसी सरेन्डर (रद्द) गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो सात महिनामा मात्र ६२ हजार ५२३ बीमितले आफ्नो बीमा पोलिसी तोडेर करिब ८ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी लिएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरूसँगको सम्झौता तोड्ने यो लहर माघ मसान्तसम्म झन् तीव्र बनेको छ। माघ महिनामा मात्र ८ हजार १०९ पोलिसी सरेन्डर हुँदा १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ।

विज्ञापन
Advertisement
Advertisement


कुन कम्पनीमा कति पोलिसी तोडियो?
नेपालका १४ ठूला जीवन बीमा कम्पनीहरू सरेन्डरको चपेटामा परेका छन्। सर्वाधिक पोलिसी सरेन्डर भएको कम्पनी एलआईसी नेपाल रहेको छ, जसमा १५,३६२ बीमितले पोलिसी तोड्दा २ अर्ब ५९ करोड रुपैयाँ फिर्ता लिएको देखिन्छ। बीमितहरूले पोलिसी तोड्नुको पछाडि विभिन्न कारणहरू देखिएका छन ।जीवनयापन महँगो बन्दै जाँदा बीमितहरूले मासिक वा वार्षिक प्रिमियम तिर्न सकिरहेका छैनन्। त्यस्तै धेरैले आकस्मिक रूपमा ठूलो रकम आवश्यक पर्ने अवस्थामा पोलिसी भंग गर्न बाध्य भएका छन्। धेरै बीमितहरूले बीमा अवधिभरको दीर्घकालीन फाइदा नबुझी छोटो अवधिमा रकम फिर्ता लिन रुचाएका जानकारहरु बताउँछन् ।

विशेषज्ञहरूका अनुसार, यदि यही प्रवृत्ति जारी रह्यो भने जीवन बीमा कम्पनीहरूको तरलता व्यवस्थापन र वित्तीय सन्तुलनमा गम्भीर असर पर्न सक्छ। बीमा व्यवसाय दीर्घकालीन रणनीतिमा आधारित हुन्छ, तर छोटो अवधिमा अत्यधिक पोलिसी सरेन्डर हुन थाल्यो भने कम्पनीहरूको नाफा, लगानी योजना, र बजार स्थायित्व खतरामा पर्न सक्छ। बीमा प्राधिकरणले यस विषयमा गहिरो अध्ययन गर्दै बीमितलाई दीर्घकालीन योजनामा टिकाइराख्ने उपायहरू खोज्नुपर्ने देखिन्छ। अन्यथा, बीमा क्षेत्रले ठूलो संकट बेहोर्नुपर्ने सम्भावना छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit