Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

इटहरी गोल्डकपः झापा–११ लाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा

इटहरी गोल्डकपः झापा–११ लाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा
विज्ञापन
Advertisement

धरान । झापा ११ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब काठ्माडौँ १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा खेल मच्छिन्द्र क्लब र झापा–११ फुटबल क्लबबीच भएको खेलमा ३१औँ मिनेटमा मच्छिन्द्र क्लबका मलिक बामिदेले युसुफले गोल गरेका थिए । अन्तिम समयसम्म दुवै टिमले गोल गर्न नसकेपछि युसुफले गरेको गोल नै निर्णायक बन्न पुग्यो । सोमबारको खेलको म्यान अफ दी म्याच बामिदे घोषित भएका छन् । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको छ । आज अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबीच हुनेछ । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागी छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख लाख पुरस्कार पाउनेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit