काठमाडौं । सन् २०२६ को फिफा विश्वकपअन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सानदार जित दर्ता गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा भएको यस खेलमा कप्तान लियोनल मेसी नायक बने।
मेसीले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै आफ्नो विश्वकप करियरकै पहिलो जादुमयी ह्याट्रिक पूरा गरेका छन्। ३८ वर्षीय मेसीले आफ्नो करियरको पहिलो विश्वकप ह्याट्रिक दर्ता गरेका हुन्। यस ह्याट्रिकसँगै मेसीको विश्वकपमा कुल १६ गोल पुगेको छ, जसका साथ उनले जर्मनीका मिरोस्लाभ क्लोजको विश्वकै सर्वाधिक विश्वकप गोलको कीर्तिमानलाई बराबरी गरेका छन्।
यसैगरी, मेसीले सन् २००६ देखि २०२६ सम्म लगातार ६ वटा फरक विश्वकप संस्करण खेल्ने फुटबल इतिहासकै पहिलो र एकमात्र खेलाडी समेत बनेका छन्। साथै, अर्जेन्टिनाको जर्सीमा २००औं अन्तर्राष्ट्रिय खेल खेल्ने मेसी पहिलो अर्जेन्टिनी खेलाडी बने । अर्जेन्टिनाले साविक विजेताको रूपमा मैदान उत्रिँदा आफ्नो पहिलो खेल जितेको यो इतिहासमै पहिलो पटक हो। अब अर्जेन्टिनाले आफ्नो अर्को खेल जुन २२ मा अस्ट्रियाविरुद्ध खेल्ने तालिका रहेको छ।















प्रतिक्रिया दिनुहोस्