Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

‘कुलमानको अराजक गतिविधि हेरेर बस्दैनौ ’

‘कुलमानको अराजक गतिविधि हेरेर बस्दैनौ ’
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङले आफूखुसी ढंगले अघि बढ्न खोजेको र सरकारलाई नटेरेको बताए । उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे ।

उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे ।
‘प्राधिकरणमा सञ्चालक समितिको हैसियतले अध्यक्ष बस्न एउटा कोठा बनाउँदा के आकाश नै खस्ने हो र?’ उनले भने । ‘अहिले एमडीका कारणले विद्युत उत्पादन भएको जस्तो मान्नुहुन्छ । आठ वर्ष अगाडी लोडसेडिङ हुन नदिन हामीलाई चार सय २५ मेगावट विद्युत आवश्यक पर्नेमा साढे चार सय मेगावट भारतबाट लिइयो । त्यसका लागि ट्रान्समिसन लाइनको काम अगाडि बढ्नुपर्ने थियो होला नि ? त्यो कस्का कारणले भयो? उहाँ चाँही देउता हुनुभयो ?’ मन्त्री खड्काले प्रश्न गरे ।

राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे। मन्त्री खड्काले पटक–पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपछि सदस्य परिवर्तन गर्नुपरेको उल्लेख गरे ।

उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत् प्रवाहलाई सहज ढंगले सूचारु गरिएको दाबी गरे । उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भई काम अघि बढेको खड्काले बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit