सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन्।
सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै सभापति देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे।
उनले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए। उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’
कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन्।

















प्रतिक्रिया दिनुहोस्