Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

 रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार, साउदी मध्यस्थकर्ता

 रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार, साउदी मध्यस्थकर्ता
विज्ञापन
Advertisement

एजेन्सी । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

तीन वर्षको द्वन्द्व समाधानका लागि मङ्गलबार हुने भनिएको महत्वपूर्ण वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् । जेलेन्स्कीले सोमबार साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट्ने र त्यसपछि उहाँको टोली ‘मङ्गलबार अमेरिकी टोलीसँगको बैठकका लागि बस्ने’बताएका छन् ।

रेड सी बन्दरगाह सहर जेद्दामा हुने वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कफले वासिङ्टन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम पनि पाउन चाहन्छ’ जेलेन्सकीले भनेका छन् । जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताएका छन् । “शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ”, उनले आइतबार साँझ आफ्नो सम्बोधनमा भनेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार जेद्दा जान लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले त्यसको पुष्टि गरेका छन् ।

निरन्तर सम्पर्कमा

जेलेन्स्कीले रुबियोका वार्ताकारहरूमा विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्टेम उमरोभ, चिफ अफ स्टाफ एन्ड्री यर्मक तथा सैन्य कमान्डर एवं यर्मकका सहायक पावलो पालिसा समावेश हुने जानकारी दिएका छन् ।

किएभ अमेरिकी टोलीसँग निरन्तर सम्पर्कमा रहेको भनाइ जेलेन्स्कीको छ ।

वासिङ्टनले हाल राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा सन् २०२२ फेब्रुअरीमा आफ्नो पूर्ण आक्रमण सुरु गरेको मस्कोसँग टेबलमा बाध्य पार्ने प्रयासमा युक्रेनलाई सैन्य सहायताका साथै गुप्तचर साझेदारी र स्याटेलाइट इमेजरीमा पहुँच निलम्बन गरेको छ ।

ट्रम्पले पुटिनसँगको आफ्नो सम्बन्धलाई नरम रुपमा देखाइरहेका बेला लेन्स्कीको आलोचना गर्न पछि हटेनन् । यसले किएभ र युरोपेली सहयोगीहरूमा ट्रम्पले रुसलाई फाइदा पुग्ने समझौता स्वीकार गर्न युक्रेनलाई बाध्य पार्न सक्ने डर उत्पन्न गरेको छ ।

तर, शुक्रबार ट्रम्पले युद्धको मैदानमा युक्रेनलाई ‘प्रहार’ गरेकोमा रुसमाथि थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।

युक्रेनका युरोपेली सहयोगीहरूले गत हप्ता जेलेन्स्कीसँग शिखर सम्मेलन आयोजना गरेका थिए । उनीहरूले युक्रेनलाई सहायता दिने गरी रक्षा खर्च ठूलो मात्रामा बढाउने घोषणा गरेका थिए ।

बेलायत र फ्रान्सले युक्रेनका लागि समुद्र र हावामा युद्धविराम र युक्रेनको शक्ति सुविधाहरूमा रुसले गरेको बमबारी रोक्न प्रस्ताव गरेका छन् । जेलेन्स्कीका अनुसार युक्रेनी र बेलायती कूटनीतिज्ञहरूले सप्ताहन्तमा किएभमा वार्ता गरेका थिए ।

ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीचको सार्वजनिक विवादका कारण अमेरिकी नेताले माग गरेको खनिज सम्झौतामा हस्ताक्षर नगरी युक्रेनीहरू बाहिरिएपछि साउदी वार्ता सतहमा आएको हो ।

जेलेन्स्कीले अमेरिकामा ट्रम्पसँग भएको घटनालाई ‘दुःखदायी’ उल्लेख गर्दै आफू ‘बलियो नेतृत्व’ सँग काम गर्न तयार रहेको बताउँदै आएका छन् । उनले रणनीतिक खनिज भण्डारको सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको प्रस्ट पारेका छन् ।

विट्कफले जेलेन्स्कीले ट्रम्पलाई एक पत्र पठाएको र त्यसलाई ‘एक धेरै सकारात्मक पहिलो कदम’ र ‘एक माफी’ भएको बताएका छन् ।

युक्रेनले साउदी अरबमा सम्झौतामा हस्ताक्षर गर्नेछ कि भनेर सोधिएको प्रश्नमा विट्कफले भने, “मलाई लाग्छ जेलेन्स्कीले यसमा हस्ताक्षर गर्ने प्रस्ताव राख्नुभएको छ र उहाँले यसलाई पालना गर्नुहुन्छ वा हुन्न भनेर हामी हेर्नेछौँ ।”

साउदी मध्यस्थकर्ता

साउदी अरब रुस र युक्रेनसँग अमेरिकी कूटनीतिका लागि एक प्रमुख आयोजक बन्दै मध्यस्थकर्ताको भूमिकामा रहेको छ ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र रुबियोले गत महिना रियादमा भेट गरी संवाद पुनः सुरु गर्न र युक्रेन द्वन्द्वमा वार्ता सुरु गर्न सहमत भएसँगै साउदीले सो पहल गरेको हो ।

जेलेन्स्कीले सन् २०२२ मा रुसको आक्रमणपछि साउदी अरबमा धेरै पटक भ्रमण गरेका छन् तर, गत महिना रुस–अमेरिका वार्तामा निमन्त्रणा नभएको भन्दै भ्रमण स्थगित गरेका थिए ।

सन् २०२२ मा रुसी नियन्त्रित युक्रेनमा रहेका पाँच कैदीलाई क्राउन प्रिन्ससँगको वार्तापछि आदानप्रदान गर्न रियाद लगिएको थियो ।

पुटिनले क्राउन प्रिन्सले गत वर्ष ‘जासुसी’ गरेको आरोपमा रुसले जेलमा राखेका वालस्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचको रिहाइ सुरक्षित गर्न पनि सहयोग गरेको बताएका छन् ।

अमेरिकाको ऐतिहासिक मित्र, तेल–धनी राज्य साउदी अरब सन् २०१८ मा टर्कीमा असन्तुष्ट साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि अन्तर्राष्ट्रिय रूपमा एक्लीएको थियो । तर विट्कफले ट्रम्पको टोलीको साउदीहरूसँग साँच्चै राम्रो सम्बन्ध छ भएको बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit