Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बेथानचोकले सुरु गर्‍यो क्षतिग्रस्त सडकको पुनर्निर्माण

बेथानचोकले सुरु गर्‍यो क्षतिग्रस्त सडकको पुनर्निर्माण
sfe|]le/df lj:tf/ / :t/f]Gglt ePsf] ;8s DofUbL, @^ kmfu'gM rLg / ef/t hf]8g] sfnLu08sL sf]l/8f]/, a]gL–hf]d;f]d–sf]/nf ;8s cGtu{t ;a}eGbf hf]lvdo'Qm / ;fF3'/f] DofUbLsf] cGgk"0f{ / d':tfªsf] yf;fª ufpFkflnsfsf] l;dfgfdf kg]{ sfe|]eL/df lj:tf/ / :t/f]Gglt ePsf] ;8s . o;cl3 tLg bzdna kfFr ld6/ km/flsnf] of] 7fpFsf] ;8ssf] l8ntkm{ /s P+sl/+u u/]/ kvf{n agfO{ xfn cf7 ld6/ km/flsnf], 9nfg u/L l8ntkm{ ;fO8af/ /flvPkl5 ;jf/L ;fwgx? ;xh / ;'/lIft ?kdf cfjthfjt ug{ yfn]sf 5g . tl:a/ ;Gtf]if uf}td÷/f;;
विज्ञापन
Advertisement

काभ्रेपलाञ्चोक । गत असोज दास्रो साताको बाढीपहिराले पक्की सडक क्षतिग्रस्त भएपछि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले आफ्नै स्रोतबाट आजदेखि सडक पुनर्निर्माण सुरु गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज एक कार्यक्रमका बीच गाउँपालिकाको ४ नं वडास्थित सल्लाफेदबाट २ नं वडाको गेल्डुङ बजारसम्मको सडकखण्ड पुनर्निर्माण थालिएको हो । गाउँपालिकाको विशेष सभाले अन्य शीषर्कमा विनियोजित रकम कटौती गर्दै तत्कालका लागि मुख्य सडक निर्माण गर्ने निर्णयअनुसार उक्त सडकखण्डको पुनर्निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।

उनका अनुसार उकालो र अत्यन्तै जोखिम रहेको सलान्दु खोला–बगरमाथिको उकालो र पार्थलीदेखि गेल्ढुङ बजार पुग्ने सडकको बीचबीचका खण्डलाई स्थायी रूपमा नै मर्मत गर्ने गरी पुनर्निर्माण सुरु गरिएको हो । गाउँपालिकाद्वारा तीन वडास्थित सडकका लागि विनियोजन गरेको १० करोडमार्फत उक्त सडक पुनर्निर्माण गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। गाउँपालिकाको प्रवेशमार्ग पाटीखर्कबाट सल्लाफेदसम्मको सडकखण्ड भने सङ्घ र प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण हुने उनले बताए ।

सल्लाफेद–पार्थली–गेल्ढुङ सडक खण्डका लागि पाँच करोड, भन्ज्याङ–गोलगाउँ–भुग्देउ–मेदान्सुअन्र्तगत तिप्चोक–पार्थली सडकखण्ड रु दुई करोड ५० लाख र दाहाल भन्ज्याङ्ग क्षेत्रको सडकखण्डका लागि रु दुई करोड ५० लाख रकम विनियोजन गरिएको थियो । तीनवटै सडक निर्माण व्यवसायीमार्फत निर्माण गर्नेगरी रु चार करोड ९८ लाख आठ हजार ५६ मा सम्झौता गरिएको छ ।

गाउँपालिकाको अन्य दुईवटा सडक पुनर्निर्माणका लागि प्रदेशको समपुरक बजेट समावेश गरिएको जनाइयो । मानवबस्ती जोगाउने, नियमित सडक सञ्चालन गर्ने र सडक संरक्षणका लागि आवश्यकीय पर्खाल लगाउने कामलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।सङ्घीय सरकारले भने पाटीखर्क–ढुङ्खर्क सडक निर्माणका लागि रु १० करोड विनियोजन गर्ने आश्वासन दिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit