Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

 जी७ कूटनीतिज्ञको बैठक ट्रम्पले सुरु गरेको व्यापार युद्धबारे छलफल केन्द्रित हुनुपर्नेमा जोड 

 जी७ कूटनीतिज्ञको बैठक ट्रम्पले सुरु गरेको व्यापार युद्धबारे छलफल केन्द्रित हुनुपर्नेमा जोड 
विज्ञापन
Advertisement

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार जी७ भेलामा आफ्ना क्यानाडाली समकक्षीसँग भेट्ने तयारी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

रुबियो बुधबार सेन्ट लरेन्स नदीको किनारमा रहेको चार्लोभिक्स सहरमा विश्वका औद्योगिक लोकतन्त्रहरूको क्लबका विदेशमन्त्रीहरूसँग भेट गर्न क्यानडा पुगेका हुन् । यस हप्ताको सुरुमा साउदी बन्दरगाह सहर जेद्दामा किएभका प्रतिनिधिहरूसँग भेटेपछि रुबियोले रुस–युक्रेन युद्धमा तीन वर्षको रक्तपात रोक्ने अमेरिकी नेतृत्वको प्रयासको बारेमा बैठकमा जानकारी दिने अपेक्षा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोमा अमेरिकी वार्ताकारहरूले युद्धविराम गर्न आफू सक्षम रहेको उल्लेख गरेका थिए ।

अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकाले रुसलाई शत्रुताबिना कुनै शर्त नराखी रोक्न सहमत होस् भन्ने चाहन्छ । क्रेमलिनले प्रस्तावित युद्धविरामको विवरण पर्खिरहेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देश सम्झौता गर्न तयार रहेको बताएका थिए । यो मामलामा रुसले सम्झौता गर्न अस्वीकार गरेमा अमेरिकाले ‘कडा’ प्रतिक्रिया दिने सङ्केत गरेको छ ।

बेलायतका विदेशमन्त्री डेभिड लामीले जी७ ले ‘युक्रेनलाई न्यायपूर्ण र दीर्घकालीन शान्ति सुरक्षित गर्न सक्दो सबैभन्दा बलियो स्थितिमा रहेको सुनिश्चित गर्न’ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।  यस्तै, क्यानाडाकी विदेशमन्त्री मेलानी जोलीले रुबियोसँगको आफ्नो वार्ता ‘युक्रेन र टेबलमा रहेको युद्धविराममा’ केन्द्रित हुने अपेक्षा गरेका छन् ।

क्यानाडाको सार्वभौमिकता ‘वार्तालाप योग्य छैन’ 

तर क्यानाडालाई संयुक्त राज्य अमेरिकामा समाहित गर्ने  ट्रम्पको इच्छाको बारेमा बारम्बार टिप्पणी भैरहेको छ । सो बारेमा सोधिएको प्रश्नमा जोलीले पत्रकारहरूलाई भनेका छन्, “क्यानाडाको सार्वभौमिकता सम्झौता योग्य छैन ।”

क्यानाडा जाने मार्गमा आयरल्यान्डमा रोकिँदा रुबियोले भने,  ‘क्यानाडालाई कसरी हामी नियन्त्रणमा लिनेछौँ भन्ने बारेको बैठक होइन ।’  जनवरीमा सत्तामा फर्किएपछि ट्रम्पको कार्यहरूले परम्परागत सहयोगीहरूसँगको अमेरिकी सम्बन्धलाई हल्लाएको छ ।

सबै इस्पात र एल्युमिनियम आयातमा अमेरिकाले लगाएको २५ प्रतिशत कर बुधबारदेखि लागु भएको छ । यसले प्रमुख अमेरिकी व्यापारिक साझेदारहरूलाई तत्काल प्रतिशोध लिन प्रेरित गरेको छ । अमेरिकाको उक्त निणर्यविरुद्ध युरोपेली सङ्घ (इयु) ले अप्रिलदेखि चरणबद्ध रूपमा अमेरिकी वस्तुहरूमा लगभग २८ अर्ब डलरको काउन्टर–भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।  क्यानाडाले भने, बिहीबारदेखि २० अर्ब ७० करोड डलरको अमेरिकी उत्पादनहरूमा अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।

केही क्यानाडाली आयातमा अमेरिकी भन्सार शुल्कको जवाफमा क्यानाडाले पहिले नै २० अर्ब ८० करोड डलरको अमेरिकी सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाएको छ । जोलीले जी७ मा ‘प्रत्येक बैठकमा’ भन्सार शुल्कको विषय उठाउन चाहेको बताएका छन् ।

रुबियोले बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटली र जापानका आफ्ना समकक्षीहरू माझ साझा लक्ष्यहरूमा काम गर्न ट्रम्पको व्यापार नीतिहरूमाथिको निराशालाई पन्छाएर अघि बढ्नेमा जोड दिएका छन् ।

इस्पात र एल्युमिनियम भन्सार शुल्कहरू राष्ट्रिय सुरक्षा चिन्ताहरूमा आधारित रहेको उनले  बुधबार बताएका छन् ।  “हामीले अपेक्षा गरेका विश्वका प्रत्येक देशले आफ्नो राष्ट्रिय हितमा काम गर्नेछौं । मलाई लाग्छ कि हामी यी कामहरू गर्न सक्छौँ र एकै समयमा हाम्रा सहयोगी र साथीहरूसँग रचनात्मक तरिकाले सम्झौता गर्न सक्छौँ, म जी७ र क्यानाडाबाट यही अपेक्षा गर्छु ।”

चार्लोभिक्समा हुने तीन दिने बैठकमा अन्य विषयसहित चीन र मध्यपूर्वसँग कस्तो व्यवहार गर्ने भन्नेबारे जी७ मा छलफल हुनेछ । यो जुनमा क्यानाडाको अल्बर्टा प्रान्तमा हुने जी७ नेताहरूको शिखर सम्मेलन अगावै आएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit