Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन
विज्ञापन
Advertisement

काठमाडौं –नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न सरकारले सिफारिस समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर सिफारिस समिति अर्थमन्त्रीको नेतृत्वमा गठन हुने कानूनी व्यवस्था छ। सोहीअनुसार गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। विश्व पौडेल सदस्य रहेका छन्।

समितिले गभर्नर पदका लागि तीन जना योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ। छनोटमा राष्ट्र बैंकका बहालवाला डेपुटी गभर्नर निलम ढुंगाना वा बमबहादुर मिश्रमध्ये एकजना सिफारिस हुने सम्भावना छ। अन्य उम्मेदवार वित्तीय तथा प्रशासनिक क्षेत्रमा अनुभव भएका व्यक्तिहरूबाट हुन सक्ने बताइएको छ।

राष्ट्र बैंक ऐन अनुसार गभर्नरका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा कम्तीमा स्नातकोत्तर उपाधि र उच्च व्यवस्थापकीय तहमा कम्तीमा १० वर्षको अनुभव आवश्यक पर्छ। हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते समाप्त हुँदैछ। कानूनी व्यवस्थाअनुसार नयाँ गभर्नर नियुक्तिको प्रक्रिया एक महिना अघि नै सुरु गर्नुपर्ने भए पनि विगतमा यो प्रक्रिया पटकपटक ढिलाइ हुँदै आएको छ।

राजनीतिक पहुँचका आधारमा नियुक्ति हुने परिपाटी रहेकाले विभिन्न क्षेत्रका इच्छुक उम्मेदवारहरूले दलहरूसँग लबिङ तीव्र बनाएका छन्। वाणिज्य बैंकका प्रमुख कार्यकारीदेखि अवकाशप्राप्त उच्च पदस्थ कर्मचारी र बहालवाला सचिवसमेत यो दौडमा छन्। बहालवाला सीईओहरूले सिफारिसअघि नै राजीनामा दिनुपर्ने कानूनी प्रावधान छ।अब सिफारिस समितिले छिट्टै प्रक्रिया अघि बढाउनेछ भने अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit