
काठमाडौँ । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार कम्पनीको ऋणपत्र आज बाँडफाँड गरिएको हो । कम्पनीले माघ ९ गतेदेखि १३ गतेसम्म ३० करोड रुपैयाँको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८८’ ऋणपत्र जारी गरेको थियो । प्रतिइकाइ १ हजार रुपैयाँका दरले ३० कम्पनीले लाख कित्ता ऋणपत्र जारी गरेको थियो । कम्पनीले १८ करोडको ऋणपत्र परिपत्र विधिबाट र १२ करोडको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको थियो ।
कम्पनीको परिपत्र बिधिमार्फत जारी गरिएको ऋणपत्रमा ३ लाख कित्ताका लागि आवेदन परेको र समानुपाति रुपमा १ लाख ८० हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको भनाइ कम्पनीको छ । कम्पनीले सर्वसाधारणतर्फ सामूहिक लगानी कोषको लागि छुट्याइएको ६ हजार कित्ता बाँडफाँड भैसकेको छ । बाँकी रहेको १ लाख १४ हजार कित्ता ऋणपत्र बिक्री खुला गरिएका थियो । उक्त ऋणपत्रका लागि ७ हजार २४७ जना आवेदकबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको कम्पनीले उल्लेख गरेको छ ।कम्पनीले गोलाप्रथा विधिद्वारा ४ हजार ५६० जना आवेदकलाई १ लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिसकेको जनाएको छ ।
७ वर्ष अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर कम्पनीले ९ प्रतिशत तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्