Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अध्यक्ष केसीको ब्याङ्ग्यात्मक प्रश्न : गभर्नरको मूल्य कति हो? कर्मचारीहरुले पनि योगदान गर्न सकिन्थ्यो कि!

अध्यक्ष केसीको ब्याङ्ग्यात्मक प्रश्न : गभर्नरको मूल्य कति हो? कर्मचारीहरुले पनि योगदान गर्न सकिन्थ्यो कि!
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको बताएका छन् । आइतबार राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय विद्युतीय भुक्तानीमा ठूलो फड्को मारेको बताए ।

विज्ञापन
Advertisement
Advertisement

‘पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको देखिन्छ । विद्युतीय भुक्तानीमा ठूलो फड्को मारेको छ, मौद्रिक नीतिको आधुनिकीकरण गर्दै लगिएको छ’ मिश्रले भने ।

डेपुटी गभर्नर मिश्रले आर्थिक स्थायित्व कायम गर्न बैंक तथा वित्तीय क्षेत्रको विस्तार र सबल बनाउँदै लगिने बताए ।

यस्तै, कार्यक्रममा राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसीले गभर्नर नियुक्तिको विषयमा चलखेल भएको विषय बाहिर आएको भन्दै दुःख ब्यक्त गरे। अध्यक्ष  केसीले कार्यवाहक गभर्नरको भरमा राष्ट्र बैंक सञ्चालन भैरहेको उल्लेख गर्दै राष्ट्र बैंकको ऐनअनुसार सरकारले समयमै गभर्नर नियुक्त गर्न नसक्नु दुःखद विषय भएको बताए ।

‘राष्ट्र बैंकको ऐनअनुसार सरकारले गभर्नर नियुक्त गर्न नसक्नु दुःखद विषय हो, कामु गभर्नरको भरमा काम चलाइएको छ, बजारमा गभर्नरको नियुक्तिमा करोड /अर्बको बार्गेनिङ भइरहेको चर्चा छ, गभर्नरका लागि कति मूल्य हो ? त्यसमा राष्ट्र बैंकका कर्मचारीले पनि योगदान गर्न सकिन्थ्यो कि!’ केसीले ब्याङ्ग्यात्मक प्रश्न गरे ।

अहिले गभर्नर नियुक्तिको विषय पेचिलो बनेको भन्दै अध्यक्ष केसीले चलखेलको बिषय बाहिर आउँदा संस्थाको छविमा असर गरेको उल्लेख गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit