images
images
images

भिभो भि५० नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

images
images

काठमाडौं ।  ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा भिभो भि५० सार्वजनिक गरेको छ ।

जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो अत्याधुनिक स्मार्टफोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको आकर्षण संयोजनले रहेको भिभो भि५० नेपाली प्रयोगकर्ताहरूको लागि उत्कृष्ट विकल्प सावित हुने कम्पनीले जनाएको छ ।

images
images

भिभो भि५० मा रहेको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेराले फ्ल्यागशिप स्तरको स्पष्टता प्रदान गर्छ । ११९ डिग्री अल्ट्रा वाइड–एंगल क्यामेराले सुन्दर दृश्यहरू र ग्रुप तस्बिरहरू कैद गर्न मद्दत गर्छ। यस्तै, सेल्फी पारखीहरूका लागि, ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२डिग्री जाइस् ऑटोफोकस वाइड–एंगल लेन्स सहित नेचुरल र हाई–डेफिनिशन सेल्फ–पोट्र्रेटहरू खिच्ने क्षमता यसमा छ । एआई औरा लाईट प्रोटेक्ट २.० ले १४३ गुणा अल्ट्रा–सफ्ट फिल लाइट प्रदान गर्छ भने जाइस् मल्टिफोकल पोट्र्रेटले २३ एमएम, ३५ एमएम, र ५० एमएम फोकल लेङ्थमा प्रोफेशनल प्रोटेक्ट इफेक्ट यसको अर्को विशेषता हो ।

भिभो भि५० ले द्धप् अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माण गर्न सक्छ । एआई ईरेज २.०, लाईभ कटआउट, फिल्म क्यामेरा मोड र लाईभ फोटो जस्ता प्रविधिहरूले प्रयोगकर्ताहरूलाई थप सिर्जनात्मक बनाउन मद्दत गर्छ। भिभो भि५० को ४१ डिग्री गोल्डन कर्भचरसहितको क्वाड–कर्भ डिस्प्लेले आकर्षक लुक्स प्रदान गर्नुका साथै सहज पकड र इमर्सिभ भ्यु अनुभव गराउने कम्पनीले जनाएको छ । यसमा एन्टी–मिस्टच एल्गोरिदमले मल्टिटास्किङले गेमिङलाई सहज बनाउँछ । यो स्मार्टफोन दुई आकर्षक रंगहरू स्टारी ब्लु र स्याटिन ब्लाकमा उपलब्ध हुनेछ ।

क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसरले १५प्रतिशत छिटो सिपियु प्रदर्शन र ५० प्रतिशत सुधारिएको जिपियु पावर प्रदान गर्नु अर्को विशेषता हो । । १२ + १२ जि बी को विस्तारित ¥यामले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ । ६००० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै ६ घण्टा कुरा गर्ने वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिन्छ ।

नयाँ प्रविधिमा आधारित उत्कृष्ट डिजाइन सहितको भिभो भि५०को नेपाली बजार मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
कम्पनीले मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुने जनाएको छ । जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन्। पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्