Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्धनका लागि कोशी प्रदेश सरकार र केनेक्ट किसानबीच छलफल

चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्धनका लागि कोशी प्रदेश सरकार र केनेक्ट किसानबीच छलफल
विज्ञापन
Advertisement

काठमाडौं। कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयसँग टी एलायन्स अफ नेपाल र केनेक्ट किसानले नेपालमा उत्पादित चियाको अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नेबारे रणनीतिक छलफल गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा नेपालको अर्थोडक्स र विशेष चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नका लागि आवश्यक रणनीतिहरूमा छलफल भएको हो ।

चियाको गुणस्तर, उत्पादन प्रविधि र बजार पहिचानका बारेमा विशेष छलफल भएको छ । नेपालका उत्कृष्ट चियाको विश्वव्यापी बजार विस्तार र चिया किसानहरूको सशक्तिकरणलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ मन्त्रालयलाई विभिन्न रणनीतिहरू प्रस्ताव गरिएको थियो।

बैठकमा कोशी प्रदेशका उद्योग, कृषि र सहकारी मन्त्री खगेनसिं हाङगाम, प्रदेश सचिव डा.शरण कुमार पाण्डे, कनेक्ट किसानका निर्देशक राजन दाहाल र टी एलायन्स अफ नेपालका उपाध्यक्ष जीवन नेउपाने लगायत सहभागी थिए ।

टी एलायन्स अफ नेपाल र कनेक्ट किसानको संयुक्त प्रयासले नेपालको चिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा मजबुत बनाउने र चिया किसानहरूको आर्थिक समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit