Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र भन्सार विभागबीच आगामी बजेटबारे छलफल

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र भन्सार विभागबीच आगामी बजेटबारे छलफल
विज्ञापन
Advertisement

काठमाडौं । अटोमोबाइल क्षेत्रका लागि आगामी बजेट कस्तो हुनुपर्छ भन्ने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भन्सार विभागसँग छलफल गरेको छ। बुधबार नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

उक्त भेटघाट तथा छलफलको क्रममा महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२र०८३ को बजेटसम्बन्धी सुझावहरू पेश गरेका छन्। उनले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई निरन्तर सुझाव दिँदै आएको उल्लेख गरे।

सोही अवसरमा भन्सार विभागका महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए। उनले व्यवसायको पारदर्शिता र दीर्घकालीन समृद्धिका लागि व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति थियो।यो छलफल अटोमोबाइल व्यवसायको भविष्य र सरकारको नीतिगत व्यवस्थाका लागि फलदायी हुने अपेक्षा गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit