Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ। भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले च्याप्टरको उद्घाटन गरेका हुन । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व वृद्धि गर्न नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सरकारले थप भूमिकाको अपेक्षा गरेको बताए । उनले प्रतिस्पर्धात्मक विश्वमा समयअनुसार अघि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए ।

विज्ञापन
Advertisement
Advertisement

उपप्रधानमन्त्री पौडेलले सरकारले कानुन र नीतिमा सुधार गर्दै निजी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको बताए । सुधार गरिएको कानुन व्यवसायिक वातावरण सुधार्न केन्द्रित रहेको भन्दै उनले आगामी दिनमा थप अनुकूल वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरुलाई उद्यमशील बनाउन नीतिगत सहजिकरण आवश्यक रहेकोमा जोड दिए ।उनले रोजगारी सृजना, औद्योगीकरण र समग्र आर्थिक विकासका लागि युवाहरुलाई प्रेरित गर्ने कार्यक्रम आवश्यक रहेको बताउँदै आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउने आशा व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले कानुन संशोधन तथा स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले प्रविधि उपयोग गरी कम्पनी दर्ता सहज बनाइएकाले युवाहरुलाई देशमै उद्यम गर्न सरकारले अनुकूल वातावरण तयार गरेको बताए ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले हाल उद्योग व्यवसाय ओरालो लागेको, निराशा बढेको र उद्योगी व्यवसायी पलायन हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय रहेको बताए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकासले देशको समृद्धिमा योगदान पुग्ने बताउँदै युवाहरुलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै उद्यमशीलता प्रवद्र्धन गर्न पहल भइरहेको बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो च्याप्टरको बोर्डमा विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन्।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा संगठन हो। यस मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्दै विविध गतिविधिहरू सञ्चालन गरिरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit