Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

पाल्पाका सहकारी सञ्चालकहरूका लागि निर्जीवन बीमा सचेतना

पाल्पाका सहकारी सञ्चालकहरूका लागि निर्जीवन बीमा सचेतना
विज्ञापन
Advertisement

तानसेन। पाल्पामा सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला सहकारी संघ लिमिटेड पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राविधिक सहकार्यमा हालै तानसेनमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाभरिका विभिन्न सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, सदस्य तथा व्यवस्थापकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सहकारीमा आबद्ध शेयर सदस्यहरूको बचतलाई सुरक्षित राख्न निर्जीवन बीमा अपरिहार्य रहेको बताए । सहकारीको आफ्नै कार्यालय परिसर, बजारबाट संकलन गरेर ल्याइने दैनिक बचत, र सहकारी कार्यालयबाट बैंकसम्म रकम लैजाने क्रममा हुन सक्ने सम्भावित लुटपाट वा चोरीको जोखिमलाई मध्यनजर गर्दै वित्तीय सुरक्षाका लागि बीमा गर्न आवश्यक रहेको उनको भनाइ छ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख विश्वदीप नेपालले सहकारीको पूँजी र नगद प्रवाहलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा सहजीकरण गरेका थिए । उनले रात्रि वासको समयमा हुन सक्ने चोरी, कार्यालय तोडफोड, र धम्क्याएर नगद कब्जा गर्ने जस्ता आपराधिक क्रियाकलापबाट हुने आर्थिक क्षतिलाई बीमा मार्फत न्यूनीकरण गर्न सकिने धारणा राखे ।

त्यसैगरी, इन्स्योरेन्सका तानसेन शाखा प्रमुख करुणा काफ्ले र रामपुर शाखा प्रमुख डोलप्रसाद श्रेष्ठले ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको कृषि, पशुपंक्षी तथा जडिबुटी बीमाको महत्व र यसको दाबी प्रक्रियाका बारेमा प्राविधिक सहजीकरण गरे ।

जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका उपाध्यक्ष कृष्णप्रसाद भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण भट्टराईले गरेका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit