Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जाजरकोटमा जलवायु–अनुकूल भुर स्वास्थ्य चौकीको स्तरोन्नति

जाजरकोटमा जलवायु–अनुकूल भुर स्वास्थ्य चौकीको स्तरोन्नति
विज्ञापन
Advertisement

जाजरकोट । नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र जापानी राजदूतावासको संयुक्त पहलमा जाजरकोटको भेरी नगरपालिकास्थित भुर स्वास्थ्य चौकीको स्तरोन्नति सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

जापान सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा मातृत्व तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजना अन्तर्गत यस स्वास्थ्य चौकीको भौतिक मर्मत, उपकरण व्यवस्थापन र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरिएको हो। पहिरो र शीतलहर जस्ता जलवायुजन्य जोखिमको समयमा पनि गर्भवती महिला र नवजात शिशुहरूलाई बिनाअवरोध गुणस्तरीय सेवा दिन यो स्वास्थ्य संस्थालाई जलवायु अनुकूल बनाइएको छ।

परियोजना अन्तर्गत जाजरकोटका अन्य चार स्वास्थ्य संस्थाहरू (धीमे, साक्ला, लिम्सा र भगवती) लाई पनि सुदृढ गरी प्रमाणपत्र प्रदान गरिएको छ। हालै सम्पन्न कार्यक्रममा जापान सरकार र युएनएफपीएका प्रतिनिधिहरूले विपद्का समयमा पनि महिलाहरू सुरक्षित स्वास्थ्य सेवा पाउन योग्य रहेको बताउँदै नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस्तै, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आगामी विकास योजनाहरूमा जलवायु अनुकूलनलाई अनिवार्य समावेश गर्ने बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit