Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एभरेष्ट बैंकले सुरु गर्यो क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा

एभरेष्ट बैंकले सुरु गर्यो क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल र भारतबीच डिजिटल वित्तीय कनेक्टिभिटीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ एभरेष्ट बैंक लिमिटेडले नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर रेमिट्यान्स सेवाको औपचारिक सुरुवात गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल क्लियरिङ हाउस लिमिटेड र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको प्राविधिक सम्झौता अनुरूप बैंकले आफ्नो मोबाइल बैंकिङ एप मार्फत यो सेवा सञ्चालनमा ल्याएको हो। बैंकका अनुसार यो नयाँ डिजिटल प्रणालीको सुरुवातसँगै अब दुवै देशका नागरिकहरूले विना कुनै झन्झट, द्रुत, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन् ।

यसले परम्परागत रेमिट्यान्स माध्यमको झन्झटिलो प्रक्रियालाई हटाई भारत तथा नेपालमा रहेका नेपाली र भारतीय नागरिकहरूलाई सिधै बैंक खातामा रकम पठाउन र प्राप्त गर्न ठुलो राहत पुर्‍याउने विश्वास लिइएको छ ।

नियामकीय व्यवस्था तथा नयाँ प्रणाली अनुरूप दुवै देशका प्रयोगकर्ताहरूका लागि रकम स्थानान्तरणका लागि निश्चित सीमा तोकिएको छ । जस अनुसार नेपालबाट भारत पठाउँदा (नेपालमा कार्यरत भारतीय नागरिकका लागि) दैनिक १५ हजार भारु र मासिक अधिकतम एक लाख भारु
तोकिएको छ। बैंकका अनुसार भारतबाट नेपाल पठाउँदा भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिककले अधिकतम २ लाख भारु सम्म पठाउन सक्नेछन् ।

दुवै देशका ग्राहकहरूले मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । यसका साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडी मार्फत सीधै आफ्नो बैंक खातामा रकम प्राप्त गर्न सक्नेछन् । यस सेवाले गर्दा अब ग्राहकहरूले आफ्नो संवेदनशील बैंक खाताको विवरणहरू शेयर गरिरहनु पर्दैन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit