Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

निको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

निको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
विज्ञापन
Advertisement

काठमाडाैं । निको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ।

विज्ञापन
Advertisement
Advertisement

इन्स्योरेन्सले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयरमा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ। इन्स्योरेन्सले हाल कायम ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। शेयरधनीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी अनलाइन मार्फत समेत हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit