Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेप्से ६९.८० अंकले बढ्यो, झण्डै १३ अर्बको कारोबार

नेप्से ६९.८० अंकले बढ्यो, झण्डै १३ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौँ । आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेर कारोबार रोकिएको छ । आज पाँच महिनापछिकै उच्च मूल्यको सेयर कारोबार भएको हो । आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

साताको पहिलो कारोबार दिन आज विभिन्न तीन सय ३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ ९९ पैसाको कारोबार भएको हो । आजको कारोबारपछि बजारपुँजीकरण ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार चार सय ३१ पुगेको छ  आइतबार कारोबारमा सबै उपसमूह बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स चार दशमलव ९२ प्रतिशत, निर्जीवन बिमा कम्पनीको तीन दशमलव ७१ प्रतिशत र विकास बैंक उपसमूह तीन दशमलव १५ प्रतिशतले बढेको छ ।

यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit