Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

पूरानै विन्दुमा फर्किदै नेप्से, बढ्दै कारोबार

पूरानै विन्दुमा फर्किदै नेप्से, बढ्दै कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको पहिलो करोबार दिन आइतबार नेप्से परिसूचक पुरानै विन्दुमा फर्किएको छ । दुई हजार ५ सय विन्दुसम्म झरेको नेप्से पुन फर्किदै २ हजार ६९५.५५ विन्दुमा आइपुगेको हाे । नेप्से सूचक ३२.२४ अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । योदिन ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी रहेको छ भने दोस्रो नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन लगानीकर्ता जलविद्युत उपसमूहको शेयर मूल्यमा झुम्मिएका छन् । जोशी हाइड्रो पावर, दोर्दी खोला जलविद्युत कम्पनी, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी र गुराँश लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.१९ प्रतिशतदेखि ९.९७ प्रतिशतसम्मले बढेको छ । यो दिन प्रभु स्मार्ट फण्ड, सामुदायिक लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मेल हाइड्रो पावर, सयपत्री हाइड्रो पावर कम्पनीको शेयर मूल्य २.०९ प्रतिशतदेखि ५.७९ प्रतिशतले घटेको छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit