Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल

तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल
विज्ञापन
Advertisement

भोजपुर । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन करोड २१ लाख लागतमा उक्त पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।

विज्ञापन
Advertisement
Advertisement

लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख रुपैयाँ लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । ‘लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ । यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ, पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहजता बनेको छ’, प्रमुख रेड्डीले भने ।

पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताए । वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दूरी छोटिएको प्रमुख रायाको भनाइ छ । ‘लामो समयको प्रतीक्षापछि लेगुवा खोला पक्की पुल सञ्चालनमा आएको छ । यहाँ पुल नहुँदा नागरिकलाई नगरपालिकासम्म आउन नै समस्या थियो, उत्पादित कृषि उपजको बजारीकरणका लागि सहज भएको छ ।’

पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ । धेरै समस्याका बीच पुल तोकिएको मापदण्डअनुसार निर्माण सम्पन्न गरेको निर्माण कम्पनी मार्सेली, युडी जेभीका प्रतिनिधि उत्तम खड्काले बताउनुभयो ।

खोलामा पक्की पुल नहुँदा सङ्खुवासभा जिल्ला घुम्नुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीय पुष्प कार्कीले धारणा राखे । पुल बनेपछि जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ । उनले भने, ‘बर्सातको समयमा यो खोला तर्न सक्ने अवस्था थिएन । खोलामा बाढी आउँदा सङ्खुवासभा जिल्लाको सडक भएर नगरपालिका केन्द्र जानुपर्ने अवस्था थियो, पुल बनेपछि हाम्रो दैनिकी सहज बनेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit