Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सरकारले दोषीलाई कारबाही गर्छ : गृहमन्त्री लेखक

सरकारले दोषीलाई कारबाही गर्छ : गृहमन्त्री लेखक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल पत्रकार महासङ्घको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालसहित आठ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवं सिद्धान्तबिनाको भीडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए । “तिनकुनेमा भएको अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियो”, गृहमन्त्री लेखकले भने, “विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।”

हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजनी गर्ने, एवं सञ्चार गृहमा र सञ्चारकर्मीलाई निशाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकको भनाइ छ ।

यस्तै उनले उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारको विषयमा सरकार गम्भीर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit