Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जलविद्युत निर्यातलाई व्यस्थित गरेमात्र देश आर्थिक आत्मनिर्भर बन्छ : महत

जलविद्युत निर्यातलाई व्यस्थित गरेमात्र देश आर्थिक आत्मनिर्भर बन्छ :  महत
विज्ञापन
Advertisement

काठमाडौं।  पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बनाउन सही नेतृत्व आवश्यक रहेको बताएका छन् । आफ्नै नेतृत्वको सरकार भैरहँदा उनले नेपालमा अपार सम्भावना भएपनि यसलाई सही रूपमा उपयोग गर्न सक्ने नेतृत्व देशले नपाएको धारणा राखेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

खाडी देशहरुमा नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा देश अगाडि बढ्ने विश्वास व्यक्त गरे । तर, उनले देशमा केही विकास नभएको नकारात्मक भ्रम चिर्नुपर्नेमा जोड दिए ।

‘केही समूह देशबारे नकारात्मक प्रचारमा लागिपरेका छन्, तर वास्तविकता फरक छ। नेपालमा अपार सम्भावना छ, र यसलाई सही रूपमा उपयोग गर्न सक्ने नेतृत्व आवश्यक छ’, महतले भने। नेपालबारे नकारात्मक धारणा चिर्न विदेशमा रहेका नेपाली समुदाय, विशेष गरी जनसम्पर्क समितिका सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

महतले नेपालले विगतमा धेरै उथलपुथल सामना गरेकाले विकासमा केही अवरोध आएको चर्चा गरे । अब भने देश द्रुत गतिमा समृद्धिको दिशामा अघि बढ्ने दाबी उनको छ । ‘हामीले अघिल्लो समयमा जति संघर्ष गरेका छौं, अब त्यसको प्रतिफल विकास र समृद्धिका रूपमा आउनेछ। राजनीतिक स्थायित्व, सही नीति र योजनासहित अघि बढे नेपाललाई समुन्नत बनाउन सकिन्छ।’

नेपालको जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार रहेको भन्दै उनले थपे,‘अहिले नेपालले विद्युत् निर्यात गर्ने अवसर पाउँदै गएको छ। यसलाई व्यवस्थित रूपमा अघि बढाउन सके नेपाल छिट्टै आर्थिक रूपमा समृद्ध मुलुक बन्न सक्छ ।’

यस्तै उनले नेपालको अर्थतन्त्र अझै पनि वैदेशिक रोजगारमा अत्यधिक निर्भर रहेको बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। वैदेशिक रोजगारीमा आश्रित अर्थतन्त्रको सुधार आवश्यक रहेको उनको भनाइ छ । ‘हामीले अब हाइड्रो पावर, पर्यटन, कृषि र सूचना प्रविधिलाई प्राथमिकता दिएर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ। युवाहरू विदेश जानुभन्दा नेपालमै बसेर कमाउने वातावरण बनाउनेतर्फ सरकारले पहल गर्नुपर्छ।’

विदेशमा रहेका नेपालीहरूले देशको आर्थिक विकासमा ठूलो भूमिका खेलिरहेको बताएका उनले नेपालको पर्यटन प्रवर्द्धन गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । यस्तै उनले नेपाल छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्ने उल्लेख गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit