Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तनहुँ जलविद्युत् आयोजनाबाट एक सय हेक्टरमा वृक्षरोपण

तनहुँ जलविद्युत् आयोजनाबाट एक सय हेक्टरमा वृक्षरोपण
विज्ञापन
Advertisement

दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक सय चार हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गरेको छ । आयोजना निर्माण गर्दा रुख कटान भएबमोजिम क्षतिपूर्तिवापत १०४ दशमलव २१ हेक्टर जग्गामा वृक्षरोपण गरिएको आयोजनाले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना निर्माण गर्दा रुख कटान भएपश्चात् वृक्षरोपण गर्नुपर्ने प्रावधानअनुसार आयोजनाका तर्फबाट बिरुवा रोपिएको जानकारी दिए। कार्यालयले थप १७ सामुदायिक वन क्षेत्रमा क्षतिपूर्ति स्वरुप वृक्षरोपणको तयारी गरेको उनले बताए । त्यसका लागि गण्डकी प्रदेश वन मन्त्रालयका सचिवबाट अनुगमन गरी आयोजनाका पदाधिकारी र डिभिजन वन कार्यालय तनहुँका प्रमुखसँग छलफल भएको छ ।

आयोजनालाई आवश्यक वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख, बिरुवा हटाउने, क्षतिपूर्ति, वृक्षारोपणलगायत विषयमा छलफल गरिएको भण्डारीको भनाइ छ । यस्तै, आयोजनाले म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन उपभोक्ता समूहमा पोखरी निर्माण गरेको छ । आयोजनाको वन तथा वन्यजन्तु व्यवस्थापन योजनाअन्तर्गत वन्यजन्तुको सहज आवतजावत तथा बासस्थान संरक्षणका लागि पोखरी निर्माण गरिएको हो ।

साथै मत्स्य व्यवस्थापन योजनाअन्तर्गत ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजना कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी बाहिर रहने संरचना निर्माण गरिएको पनि आयोजनाले जनाएको छ । ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति र त्यसको नमूना परीक्षण गरिएको छ भने परीक्षणका लागि माछाका भुर्रा छाडिएको आयोजना प्रमुख भण्डारीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit