काठमाडाैं । नयाँ गभर्नर नियुक्ती गर्न दुई सत्तारुढ दलहरुले एकपछि अर्को पात्र खडा गरिरहेको अबस्थामा अर्थमन्त्रायले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन नै गरेर उमेर हद नै हटाएको छ । सोमबार अर्थमन्त्रालयले सार्वजनिक गरेको संशोधित मापदण्ड उमेर हद शंसोधन गरेको पाइएको हो ।
यसअघि मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने रहेकोमा अब उमेर हद हटाइएको हो । सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति समेत गठन गरिसकेको अवस्थामा ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गरेको छ ।
यो संशोधन अर्थपूर्ण रूपमा हेरिएको छ । अर्थ मन्त्रालय मातहत नेपाल राष्ट्र बैंकसहित १५ वटा निकायमा यो नियम लागु हुनेछ । यसअघिको मापदण्डमा निकायको कार्यकारी प्रमुखका हकमा ३० वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यका हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने नियम थियो । नयाँ प्रावधानमा यो बुँदा हटाइएको छ ।
गभर्नर पदका लागि एक दर्जनभन्दा बढी आकंक्षी छन् । राष्ट्र बैंककै कार्यकारी प्रमुख निलम ढुंगाना, प्रकाश श्रेष्ठ, ज्ञानेन्द्र ढुगाना,गुणाकर भट्ट, रविन्द्र पाण्डे लगायत रहेका छन् ।यी मध्ये रविन्द्र पाण्डे ६० वर्ष पार गरेकाे पूर्व उर्जा सचिव हुन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्