काठमाडौं । नेपाली प्रिमियम ह्विस्कि ‘द हिमालयन रिजर्भ’ ले प्रतिष्ठित मोन्ड सेलेक्सन गोल्ड अवार्ड २०२५ जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको उत्कृष्टता प्रमाणित गरेको छ। सन् १९६१ मा स्थापित मोन्ड सेलेक्सनले पेय पदार्थको स्वाद, सामग्री, उत्पादनकला र समग्र उत्कृष्टता को आधारमा मूल्याङ्कन गर्छ। अनुभवी सोमेलियर र मास्टर ब्लेन्डरहरूको निर्णायक समूहले हिमालयन रिजर्भको गुणस्तरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्दै यसलाई गोल्ड अवार्ड प्रदान गरेको हो। ब्रसेल्सस्थित यो प्रतिष्ठित सम्मानले हिमालयन रिजर्भ ह्विस्किलाई विश्वकै उत्कृष्ट गुणस्तरको ह्विस्किको श्रेणीमा उभ्याएको कम्पनीले जनाएको छ ।
हिमालयन स्वाद, विश्वस्तरीय सम्मान
हिमालयन स्प्रिङ वाटर र विशेष रूपमा छनोट गरिएका ‘एज्ड स्कच मल्ट’ बाट निर्मित यो ह्विस्कि नेपालकै उत्पादन भए पनि यसको ‘रिच प्रोफाइल’, ‘स्मुद स्वाद’ र ‘कम्प्लेक्स क्यारेक्टर’ ले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाइरहेको छ। द हिमालयन रिजर्भका निर्देशक प्रदीप शारडाका अनुसार, ‘यो अवार्ड हाम्रो मात्र नभएर नेपालकै लागि गर्वको क्षण हो। विश्वस्तरीय ह्विस्कि उत्पादन गर्ने हाम्रो लक्ष्यलाई यो सम्मानले थप बल प्रदान गरेको छ। नेपाली उत्पादनलाई विश्वस्तरमा चिनाउने हाम्रो संकल्पलाई यो सफलताले प्रमाणित गरेको छ।
मोन्ड सेलेक्सनको यो प्रतिष्ठित अवार्डले नेपालमा उत्पादित मदिराले पनि ग्लोबल मार्केटमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने पुष्टि गर्दै नेपाली उत्कृष्टतालाई अन्तर्राष्ट्रिय पहिचान दिएको छ।















प्रतिक्रिया दिनुहोस्