काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।
एक कार्यक्रमका बीच भएको सम्झौता पत्रमा डिशहोम इन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे।
चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम इन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ गरेको डिशहोम जनाएको छ । ‘हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं। दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्याउनेछ।’
यस्तै रायमाझीले डिशहोम इन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउँनु गौरवको विषय भएको उल्लख गर्दै उक्त सुरुवात ब्रान्डसँगको सम्बन्ध मात्र नभएर लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात भएको धारणा व्यक्त गरिन् ।
डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्