काठमाडौं । अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले दराज ६.६ मेगा मिड–इयर सेलको अवसरमा जुन ६ देखि जुन १० सम्म विशेष अफरहरू सार्वजनिक गरेको छ । यस मिड–इयर उत्सवले ग्राहकहरूलाई अतुलनीय डिल, थप आकर्षक उपहारहरू, र विशेष छुट प्रदान गर्दै अनलाइन खरिदलाई पहिलेभन्दा अझै रोचक र लाभदायक बनाएको बताइएको छ ।
अनलाइनमार्फत नेपालभरका ग्राहकलाई लक्षित गरी भिभोले यस अफरद्वारा आकर्षक डिलहरू प्रस्तुत गरेको छ । पाँच दिनको यस सेल अवधिमा, दराजमा भिभो स्मार्टफोनको हरेक खरिदमा भिभो बड्स, एप्रो १० इयरबड्स, र क्लिपबड्सजस्ता उच्च गुणस्तरका अडियो सामग्री निःशुल्क दिइने छ ।
यस्तै, भिभोले आफ्नो भिभो वाई १९एस र भिभो बड्समा पनि विशेष छुटहरू ल्याएको छ । भिभो वाई १९एस अब १,००० सम्मको मूल्य कटौतीका साथ उपलब्ध हुनेछ भने भिभो बड्समा ३३% छुट सहित मात्र रु. ३,९९९ मा उपलब्ध हुनेछ । “हामी दराजसँग ६.६ मेगा मिड–इयर सेलको लागि सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं,” भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने । “हाम्रो लक्ष्य सबैको रोजाइको ब्रान्ड बन्नु हो, र यसका लागि ग्राहकहरूले जहाँ जहाँ किनमेल गर्छन्, हामी त्यहाँ सजिलै उपलब्ध हुनुपर्छ।”
यो अभियानले भिभोको बजार उपस्थितिमा विविधता ल्याउने र डिजिटल क्षेत्रमा आफ्नो पकड बलियो बनाउने भिभोको प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्