Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जग्गा तथा आवास विकास संघको अध्यक्षमा रामप्रसाद पोख्रेल सर्वसम्मत, नयाँ कार्यसमिति १७ सदस्यीय

जग्गा तथा आवास विकास संघको अध्यक्षमा रामप्रसाद पोख्रेल सर्वसम्मत, नयाँ कार्यसमिति १७ सदस्यीय
विज्ञापन
Advertisement

काठमाडौं । दाङ जग्गा तथा आवास विकास संघको अध्यक्षमा रामप्रसाद पोख्रेल सर्वसम्मत चयन भएका छन् । शनिबार घोराहीमा सम्पन्न अधिवेशनले पोख्रेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ कार्यसमितिमा दुर्गाप्रसाद खड्का वरिष्ठ उपाध्यक्ष, द्रोणराज पाण्डेय उपाध्यक्ष, बालाराम पाण्डेय महासचिव, विनय घिमिरे सचिव र रेमलाल गिरी कोषाध्यक्षमा चयन भएका छन्। यस्तै, गोविन्दप्रसाद देवकोटा, मेघराज खड्का, अभियान वस्नेत, दिलीप खनाल, झुप्पलबहादुर केसी, नरेश बुढा मगर, दिपेन्द्र पुन मगर, डिल्लीबहादुर भण्डारी, सुनिल पाण्डेय र गञ्जबहादुर विष्ट सदस्यमा निर्वाचित भएका छन्।

नवअध्यक्ष पोख्रेलले आफ्नो नेतृत्वमा संघलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए ।, उनले भने, ‘हामी जग्गा तथा आवास क्षेत्रको व्यवसायलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउँछौं। संघलाई व्यावसायिक हितका साथै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय बनाइनेछ।’’

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद घिमिरेले दाङको टरिगाउँ विमानस्थलको विस्तार अझै नहुनु दुःखद् भएको बताए । उनले पूर्वाधारको विकास विना दाङको समुचित विकास सम्भव नहुने धारणा राखे।

यस्तै, लुम्बिनी प्रदेशका पूर्वमन्त्री राजु खनालले सरकारले ल्याएको जग्गा कित्ताकाट रोक्ने निर्णयको आलोचना गर्दै आवास क्षेत्रलाई उद्योगको रूपमा स्वीकार गर्नुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले आवास, कृषि, पर्यटन र उद्योगलाई छुट्याएर योजना बनाउनुपर्नेमा जोड दिए । तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले उत्पादनशील जमिन टुक्र्याउने प्रवृत्तिले भविष्यमा अव्यवस्थित शहर बनाउने भन्दै सचेत हुनुपर्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit