Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

विश्वका सबैभन्दा धनि अर्बपति मक्सको सम्पति ३४२ अर्ब डलर, नेपालका चौधरीको सम्पति कति पुग्यो?

विश्वका सबैभन्दा धनि अर्बपति मक्सको सम्पति ३४२ अर्ब डलर, नेपालका चौधरीको सम्पति कति पुग्यो?
विज्ञापन
Advertisement

एजेन्सी । विश्वका डलर अर्बपतिहरूको प्रभाव बढ्दै गएको छ । सन् २०२५ को फोर्ब्स विश्व अर्बपति सूचीमा ३ हजार २८ जना परेका छन् । यो वर्ष २४७ जना नयाँ अर्बपति सूचीमा थपिएका छन् । यो संख्याले अमेरिकासँगै विश्वभर अर्बपतिको संख्या बढ्दै गएको मात्र देखाएको छैन विश्वमा पहिलो पटक अर्बपतिको संख्या ३ हजार नाघेको पनि छ ।

विज्ञापन
Advertisement
Advertisement

विश्वभरका ३ हजार २८ जना अर्बपतिको कुल सम्पत्ति १६.१ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यो सम्पति गत वर्षको तुलनामा २ ट्रिलियन डलरले वृद्धि हो ।

फोर्ब्सका अनुसार एलन मस्क ३४२ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मुख्य सल्लाहकार मक्सको कूल सम्पति ३४२ अर्ब डलर छ । मक्सले अन्तरिक्ष कम्पनी स्पेसएक्स र एआई कम्पनी एक्सएआईको सफलताबाट १४७ अर्ब डलर थप आर्जन गरेका छन् । यस्तै, दोस्रो स्थानमा २१६ अर्ब डलर सम्पत्तिसहित मेटाका मार्क जुकरबर्ग रहेका छन् । अमेजनका संस्थापक जेफ बेजोस २१५ अर्ब डलर सम्पत्तिका साथ तेस्रो स्थानमा छन् । ओराकलका मालिक ल्यारी एलिसन १९२ अर्ब डलर सम्पत्तिसहित चौथो स्थानमा पर्दा बर्नार्ड अर्नोल्ट १७८ अर्ब डलरसहित पाँचौं स्थानमा झरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति एक वर्षमै दोब्बर भएको छ । उनको कूल सम्पत्ति २.३ अर्ब डलरबाट बढेर ५.१ अर्ब डलर पुगेको छ । ट्रम्प प्रशासनमा मात्रै कम्तीमा १० अर्बपति र अर्बपतिका सहयात्री छन् । मेटाका मार्क जुकरबर्गदेखि फ्रेन्च लक्जरी ब्रान्डका मालिक बर्नार्ड अर्नोल्टसम्मका व्यवसायीले ट्रम्पलाई समर्थन गरेका छन् । अर्बपतिहरूको कुल सम्पत्ति अमेरिका र चीनबाहेक अन्य सबै देशहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी हो । अहिले एक अर्बपतिको औसत सम्पत्ति ५.३ अर्ब डलर पुगेको फोब्र्सले उल्लेख गरेको छ ।

यस्तै, सबैभन्दा धेरै अर्बपति बस्ने देश अमेरिका बनेको छ । हाल ९०२ जना अर्बपति अमेरिकामा बस्छन् । त्यसपछि चीनमा ५१६ अर्बपति छन् । तेस्रो, भारतमा २०५ जना अर्बपति छन् । यी तीन देशका अर्बपतिले सूचीमा आधा स्थान ओगटेका छन् ।

 

यसैगरी, यस वर्ष २८८ जना नयाँ अर्बपति फोर्ब्सको सूचीमा अटाएका छन् । संगीतकार ब्रुस स्प्रिङस्टिन (१.२ अर्ब डलर) देखि चलचित्र अभिनेता अर्नोल्ड श्वार्जनेगर (१.१ अर्ब डलर) क्रिप्टो व्यापारी जस्टिन सन (८.५ अर्ब डलर) जस्ता व्यक्ति अर्बपतिको सूचीमा थपिएका छन् ।

सबैभन्दा धनी महिला अर्बपतिको संखया ४०६ पुगेको छ । उनीहरूको कुल सम्पति १३.४ प्रतिशत रहेको फोब्र्सले जनाएको छ। अर्बपति महिलाहरूको पहिलो नम्बरमा १०१ अर्ब डलर सहित एलिस वाल्टन परेकी छिन् । उनले ८१.६ अर्ब डलर सम्पति रहेको लोरियलकी उत्तराधिकारी फ्रान्स्वा बेटनकोर्ट मेयर्सलाई उछिनेकी छिन् । स्विजरल्याण्डकी व्यवसायी राफाएला अपन्टे डायमेन्ट ३७.७ अर्ब डलर सहित विश्वको सबैभन्दा धनी ‘सेल्फ–मेड’ महिला बनेको फोब्र्सले जनाएको छ ।

नेपालका एकमात्र अर्बपति चौधरी

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति २ अर्ब अमेरिकी डलर पुगेको छ । फोर्ब्सका अनुसार  उनको कूल सम्पति २०० मिलियन डलर पुगेको हो । ६९ वर्षिय चौधरी फोर्ब्सले हालै प्रकाशन गरेको ३ हजार २८ जना अर्बपतिहरुको नयाँ सुचीमा १७३० औं नम्बरमा परेका छन् । सन् २०२३ र २४ मा चौधरीको सम्पत्ति १ अर्ब ८०० मिलियन अमेरिकी डलर थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit