Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रवि पक्राउपछि रास्वपाले गर्यो यस्ता निर्णय, कार्यवाहक सभापतिमा फर्किए डिपि

रवि पक्राउपछि रास्वपाले गर्यो यस्ता निर्णय, कार्यवाहक सभापतिमा फर्किए डिपि
विज्ञापन
Advertisement

काठमाडौं। तुलसीपुर उच्च अदालतले रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयले राति भर्चुअल बैठक
गरेको छ। उक्त बैठकले रविलाई सभापतिबाट हटाउँदै कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, बैठकले कार्यवाहक सभापति तोक्नेसँगै विभिन्न चार निणर्य गरेको छ ।

केन्द्रीय सचिवालयको बैठकले अबेर राती गरेको निर्णयमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने जनाएको छ ।

यस्तै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने बैठकले निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैँ, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने’, बैठकपछि रास्वपाले गरेको निर्णयमा उल्लेख छ ।

यस्तै, पक्राउ पुर्जी नलिएरै लामिछानेलाई पक्राउ गर्न प्रहरी उनकै घरमा पुगेकोप्रति रास्वपाले असन्तुष्टि पोखेको छ । ‘सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन । नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर–संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।’, रास्वपाको भनाइ छ ।

तेस्रो निणर्यमा रास्वपाले शनिबार चितवनमा आयोजना गर्न लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने निर्णय गरेको छ । राज्यले विवेक गुमाएको बेला पार्टीले विवेक नगुमाउने टिप्पणी रास्वपाले गरेको छ । ‘हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।’

साथै, पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने निणर्य बैंठकले गरेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit