Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

पूर्वगृहमन्त्री सुधन गुरुङ छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री बालेनको हातमा

पूर्वगृहमन्त्री सुधन गुरुङ छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री बालेनको हातमा
विज्ञापन
Advertisement

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री बालेन शाहलाई प्रतिवेदन बुझाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी संयोजकत्वको समितिले शुक्रबार प्रधानमन्त्री शाहसमक्ष ४५ पृष्ठ लामो छानबिन प्रतिवेदन पेस गरेको हो ।

विवादास्पद व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी र शेयर लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्को वैशाख २८ को बैठकले उनीमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिले गुरुङको बयान, सम्पत्ति विवरण र आर्थिक कारोबारको विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। स्रोतका अनुसार प्रतिवेदनमा गुरुङलाई ‘क्लिनचिट’ (निर्दोष) दिइएको बुझिएको छ । उनले सफाइ पाएपछि प्रधानमन्त्री बालेनले सुधनलाई नै पुनः गृहमन्त्री नियुक्त गर्न सक्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit