काठमाडौं । मेरिको लिमिटेड अन्तर्गतको हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपाली अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
आफ्नो आत्मविश्वास र लोकप्रियताका कारण स्वस्तिमा ब्रान्डको पहिचानका लागि उत्कृष्ट साबित हुने कम्पनीले जनाएको छ।
आत्मअभिव्यक्तिसँग जोड्ने लिभोनले हाल ड्यामेज प्रोटेक्ट, कलर प्रोटेक्ट, केराटिन र हाइलुरोन भेरियन्टहरूमा हेयर सिरम उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। स्वस्तिमासँगको यो सहकार्यले देशभरका महिलाहरूलाई थप प्रेरित गर्ने र उपभोक्तासँगको सम्बन्ध अझ बलियो बनाउने ब्रान्डको अपेक्षा छ।

















प्रतिक्रिया दिनुहोस्