Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भ्यानकुभर सडक महोत्सवमा मानिसको भीडमा कार हुइँक्याउँदा कैयौँको मृत्यु, थुप्रै घाइते  

भ्यानकुभर सडक महोत्सवमा मानिसको भीडमा कार  हुइँक्याउँदा कैयौँको मृत्यु, थुप्रै घाइते  
विज्ञापन
Advertisement
काठमाडौं । क्यानडाको भ्यानकुभरमा एक सडक महोत्सवका क्रममा एउटा सवारी साधन मानिसहरूको भिडमा जोत्दा ठूलो संख्यामा मानिसहरूको ज्यान गएको छ।
भ्यानकुभरमा फिलिपिनो समुदायले मनाउने एउटा महोत्सवका सहभागीलाई लक्षित गरी चालकले उक्त कालो रङको एसयूभी मानिसहरूमाथि कुदाएका थिए।
भ्यानकुभरको इस्ट ४१ एभिन्यू र फ्रेजर स्ट्रिटमा स्थानीय समयअनुसार शनिबार राति ८ बजे उक्त घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। घटनामा कति जनाले ज्यान गुमाए भन्ने विवरण दिइएको छैन।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भ्यानकुभरकै स्थानीय ३० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाप्रति क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले दुःख व्यक्त गरेका छन्।  प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेका छन्, “म मारिएका र घाइतेहरूका प्रियजनहरू, फिलिपिनो क्यानाडाली समुदाय र भ्यानकुभरका सबैलाई गहिरो समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभयो, “हामी सबै तपाईंसँग शोकमा छौँ ।” रासस
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit