काठमाडाैं । हालसम्म वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । ति मध्ये ८ वटाका बैंकको बुक क्लोज भइसकेको छ भने लक्ष्मी सनराईज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंकले लाभांश प्रस्ताव गरेका छन् । लाभांश पारित गर्नलाई छिट्टै साधारण सभा बोलाउने निर्णय गरेका छन् ।
हालसम्म लाभांश प्रस्ताव गरेका बैंकहरुले बोनस शेयर (लाभांश) भन्दा बढी नगद लाभांशमै जोड दिएका छन् । बैंकले पछिल्लो समय बोनस शेयर दिन सक्ने अवस्था नभएको भन्दै नगदमै जोड दिन थालेको हो । पछिल्लो समय बैंकमा आएको नाफामा गिरावट र कर्जा विस्तार हुन नसक्दा बढ्दो खराब कर्जाले बैंकहरु दबाबमा रहेको अवस्थामा बैंकले आफ्ना शेयर धनिहरुलाई लाभांश दिए पनि नगदतर्फ जोड दिने गरेको बैंकरहरु बताउँछन् ।
घोषणा गरेका ११ वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक, कुमारी बैंक र सानिमा बैंकले बोनस शेयर नभई नगद लाभांश मात्र दिएका छन् । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा उठ्न नसकेको र बैंकले अपेक्षित नाफा आर्जन गर्न नसक्दा यी बैंकहरुले नगद लाभांशमै जोड दिएका हुन्।
त्यस्तै नगद र बोनस शेयर दिने वाणिज्य बैंकहरुमा लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक,ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकले नगद र बोनस शेयर दुबै दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्