काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रर्बधन गर्न सहकार्य भएको छ ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवद्र्धनको लागि तयार पारिएको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताले दुबै संस्थाले स्थानीय उद्यमीहरूका लागि स्टार्टअप इन्क्युबेसनमा मार्गदर्शन गर्ने, डिजिटल साक्षरता, ब्यापार, र प्रविधिमा सीप विकास कार्यशालाको आयोजना गर्ने, कृषि प्रविधि, ग्रामीण पर्यटन, र हस्तकला आधारित स्टार्टअपहरूमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यस्तै, स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवद्र्धन गरी उद्यमशिलतासम्बन्धी नीति निर्माणमा सहयोग गर्नुका साथै ग्रामीण नवप्रवर्तकहरूलाई बजार रलगानीको पहुँच विस्तार गर्ने योजना सम्झौतामा समेटिएको छ ।
टीबीसी इन्क्यूबेशन सेन्टरका प्रमुख गणेश पौडेलले संस्थाले नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएकाले उक्त साझेदारी महत्वपूर्ण रहेको धारणा राखे । सम्झौता कार्यान्वयन गर्न दुबै संस्थाले संयुक्त रूपमा ‘स्टिरिङ कमिटि’ गठन गरी कार्यक्रमहरूको योजना, कार्यान्वयन, र मूल्याङ्कनको जिम्मा लिनेछन् ।

















प्रतिक्रिया दिनुहोस्